राजनीति

बालकृष्ण बस्नेत प्रेस काउन्सिलको अध्यक्ष नियुक्त

इकागज |
जेठ २१, २०७८ शुक्रबार १८:५९ बजे

काठमाडौँ : पत्रकार बालकृष्ण बस्‍नेत प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्‍नेतलाई काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । 

बस्‍नेत यसअघि नेपाल टेलिभिजनको बोर्ड सदस्यसमेत छन् । बस्‍नेतसँग लामो समय कान्तिपुर दैनिकमा रहेर पत्रकारिता गरेको अनुभव छ । उनी नेपाल प्रेस इन्स्टीच्यूटका १६ औँ व्याच टपर पनि हुन् । उनले कानुनको रिपोर्टिङ गर्ने क्रममा कानुनकाे औपचारिक शिक्षा लि‌दै कानुन व्यवसायी (अधिवक्ता) समेत हुन् ।


प्रेस काउन्सिलमा यतिबेला कार्यवाहक अध्यक्षको नेतृत्वमा थियो । वरिष्ठ पत्रकार गोपाल बुढाथोकी कार्यवहाक अध्यक्षका रुपमा कार्यरत थिए । प्रेस काउन्सिलमा यसअघि पूर्व न्यायाधीशहरुलाई लैजाने प्रचलन  थियो । याे पद आफैँमा सर्वाेच्च अदालतको न्यायाधीश सरहको हो । 


Author

थप समाचार
x