राजनीति

शुक्रबार साँझ शीतल निवासमा जे देखियो ! (फोटो फिचर)

सुनिल सी बज्राचार्य |
जेठ २१, २०७८ शुक्रबार २१:१२ बजे

तस्बिर : सुनिल सी बज्राचार्य

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ‌ओलीकै कारण तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकता सम्भव भएको थियो । प्रधानमन्त्री ओलीले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर दुबै पार्टी फुटाउन खोजेपछि दुबै दल एक भए । एकीकृत दलको नाम रह्यो- जनता समाजवादी पार्टी । 

आजको दिनदेखि उक्त जनता समाजवादी पार्टी फुटे सरह भएको छ । त्यो पनि प्रधानमन्त्री ओलीकै कारणले । ओलीकै कारणले गठन भएको पार्टी ओलीकै करणले फुट्यो । र, पार्टी फुटाएवापत जसपाको एउटा समूह सरकारमा सम्मिलित भएको छ ।


शुक्रबार साझ शीतन निवासमा पुनर्गठित मन्त्रिपरिषद्‍का मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा एक समारोहबीच शपथ खुवाएकी हुन् । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह सकारमा सामेल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

पुनर्गठित मन्त्रिपरिषद्‍मा ३ जना उपप्रधानमन्त्रीसहित १२ जना मन्त्री र २ जना राज्यमन्त्री छन् ।  जसपाको ठाकुर समूह वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सामेल भएको हाे । 

शुक्रबार साँझ शीतन निवासमा देखिएका दृश्य हेर्नुहोस् :


Author

थप समाचार
x