राजनीति

प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा गठन गरे संवैधानिक इजलास

इकागज |
जेठ २३, २०७८ आइतबार १०:३० बजे

काठमाडौं : प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश तोकिएका छन् । दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई आज गठन गरिएको संवैधानिक इजलासमा परेका छन् । 

सर्वोच्चको रोष्टरमा वरिष्ठताको क्रममा रहेका हरिकृष्ण कार्की राखिएको छैन । उनी पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेकाले नराखिएको हो । 


उनलाई पहिलो पटक प्रतिनिधि सभा विघटन हुँदा संवैधानिक इजलासमा राखिएपछि विवादमा परेका थिए । रोष्टरमा चौँथो वरियतामा रहेका न्यायाधीश विश्वम्भर श्रेष्ठ कोभिड-१९ भएर आइसोलेसनमा रहेकाले अनुपस्थित रहेकाले सातौं वरियतामा रहेका डा.भट्टराईलाई राखिएको हो । कार्की र श्रेष्ठ इजलासमा नराखिएपछि वरियतामा छैँटौ र सातौँ वरियतामा रहेका खतिवडा र डा. भट्टराईले मौका पाएका हुन् ।


 


Author

थप समाचार
x