राजनीति

माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लियो

इकागज |
जेठ २३, २०७८ आइतबार १७:४३ बजे

काठमाडौँ : प्रदेश १ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपा खारेज भएसँगै विभाजित भएको माओवादी केन्द्रले एमालेका सांसद तथा मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।  

आज आइतबार माओवादी केन्द्रको संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश सभा सचिवालयलाई दिएको छ ।  ‘माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले आज प्रदेश सभा सचिवालयमा आएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनु भएको छ,’ प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले इकागजसँग भने ।    



Author

थप समाचार
x