राजनीति

लुम्बिनी सरकारले मंगलबार नीति तथा कार्यक्रम संसद्‍मा पेस गर्ने

इकागज |
जेठ २४, २०७८ सोमबार १७:५२ बजे

बुटवल : लुम्बिनी प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित गरी संसद्‍मा सम्बोधनका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको हो ।

सरकारका प्रवक्ता बैजनाथ चौधरीका अनुसार ले मंगलबार प्रदेश प्रमुख धर्मनाथ यादवलाई नीति तथा कार्यक्रम प्रस्तुतका लागि बैठकले सिफारिस गरेको छ ।


सरकारका प्रवक्ता चौधरीले बहुमतको सरकारले नीति तथा कार्यक्रम पास गर्ने बताए । उनले विपक्षीले अल्पमतको सरकारको अरोप लगाए पनि त्यस्तो नभएको दाबी गरे ।

विपक्षी दलहरूले सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको भन्दै आलोचना गरेका छन् । तर मन्त्री चौधरी ससद्‍बाटै बजेट आउने बताउछन् ।
विपक्षी गठबन्धन भने सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट पास गर्न नदिने रणनीतिमा छ । 

मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेकाले उनी नेतृत्वको सरकारले ल्याउने बजेट पास गर्न नदिने नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले बताइन् । उनले सरकार स्वेक्षाचारी ढंगले अधि बढेको पनि बताइन् ।


Author

थप समाचार
x