राजनीति

१२१ सांसद रहेको एमालेका ११, २० सांसद रहेको ठाकुर समूहका ११, पूर्वमाओवादीका ३ मन्त्री

इकागज |
जेठ २७, २०७८ बिहीबार १५:५४ बजे

काठमाडौँ  : नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूहको बाक्लो उपस्थिति देखाएको छ । आज हुने मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्री ओलीले एमालेका केही सांसदसहित जसपाका सांसदलाई मन्त्री बनाउन लागेका छन् ।  

यसअघि जसपाबाट उपप्रधानमन्त्री पाएका राजेन्द्र महतो नेतृत्वमा सरकारमा गएको ठाकुर समूहले ८ मन्त्री र दुई राज्यमन्त्री पाइसकेको छ । आज राजकिशोर यादव पनि मन्त्री बनेका छन् । मन्त्री नपाएपछि ठाकुर समूहमा रुष्ट रहेका यादवलाई आज उद्योगमन्त्री बनेका हुन् ।   


जसपाका ३२ सांसदमध्ये २० जना अध्यक्ष ठाकुर पक्षमा खुलेका छन् । अन्य सांसद भने संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षमा छन् । 

संघीय संसद्‍मा एमालेका १२१ सांसद छन् यी मध्ये जम्मा ११ जना मन्त्री भएका छन् । माओवादीबाट एमालेमा प्रवेश गरेका ३ जना मन्त्री बनेका छन् । केही यसअघि नै सरकारमा छन् भने केही आज थपिएका छन् । ठाकुर समूहले आफ्नो समूहका २० मध्ये ११ जनालाई मन्त्री बनाएको छ । आज मन्त्रिपरिषद् विस्तार भएसँगै मन्त्रिपरिषद् २५ सदस्यीय हुनेछ । 

*माओवादीबाट एमाले प्रवेश गरेका तीन मन्त्री हुनु पर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

 

तल दिइएको तालिकामा रातो घेराभित्रका सांसदहरु जसपाबाट मन्त्री बनेका र मन्त्री बन्दै गरेकाहरुको सूची हो । रातो घेरा नलगाएका सांसदको सूची भने एमालेका सांसदहरूको हो ।  


Author

थप समाचार
x