राजनीति

प्रहरीले छापा मार्दा बर-पिपल रिसोर्टमा भेटिए मन्त्री मनाङे

इकागज |
जेठ २७, २०७८ बिहीबार २०:५७ बजे

पोखरा  : कास्की प्रहरीले छापा मारेपछि आज बिहानदेखि सम्पर्कविहिन गण्डकीका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे बर-पिपल रिसोर्टमा भेटिएका छन् । कास्की प्रहरीले बुधबार रातिदेखि सम्पर्कबिहिन भएका मनाङेलाई खोज्न छापा मारेको थियो ।

गुण्डागर्दी पृष्ठभूमिका 'दीपक मनाङे' भनेर चिनिने मन्त्री राजीव गुरुङ बेपत्ता हुनु र अर्का गुण्डागर्दी पृष्ठभूमिकै गणेश लामा पोखरामा रहस्यम अवस्थामा भेटिनुले प्रहरी सशंकित भएको थियो । गणेश लामा फेला परेपछि उनी बसेका स्थानमा प्रहरीले छापा मारेको थियो । यद्यपि मनाङे फेला परेका थिएनन् ।


लामालाई लेकसाइडको क्याटवाक होटलबाट पक्राउ गरिएको थियो । पछि लेकसाइडकै रिसोर्टहरुमा छापा मार्दा मनाङेलाई बर-पिपल रिसोर्टमा भेटिएको प्रहरी स्रोतले जनाएको छ । लामालाई भने पक्राउ गरेर बैदाम प्रहरीले चौकीमा राखिएको छ । सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।  


Author

थप समाचार
x