राजनीति

कर्णालीमा संयुक्त सरकार

पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो

लक्ष्मी भण्डारी |
जेठ २८, २०७८ शुक्रवार १५:८ बजे

सुर्खेत : सर्वाैच्च अदालतको आदेशसँगै कर्णाली सरकारमा अब एमालेबाट तीन जना मन्त्रीको सहभागिता हुने भएकाे छ । ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासका मत दिँदा एमालेले कारबाही गरेर बर्खास्त भएका चार जना सांसदको पुर्नवहालीसँगै एमाले अब सत्ता साझेदारका रूपमा देखिएको हो ।

सांसदको पुनर्वहालीसँगै कर्णाली प्रदेश सभामा पुनः नेकपा (एमाले)को एकल बहुमत फर्किएको छ । कायम रहेको ३९ प्रदेश सभा सदस्यमध्ये सभामुख (राजबहादुर शाही) सहित एमालेका सांसदको संख्या २० पुगेको छ । प्रदेश सभामा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् ।


मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका एमाले कर्णाली प्रदेश सभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सर्वाेच्च अदालतले पुनर्वहाली गर्न आदेश दिइसकेकाे छ । कर्णाली सरकारमा आठ जनाको मन्त्रीमण्डलमा नेकपा माओवादीबाट मुख्यमन्त्रीसहित तीनजना, एमालेबाट तीन जना, कांग्रेसबाट दुई जना मन्त्री छन् । कर्णालीमा राप्रपाबाहेकका प्रदेश खसभामा प्रतिनिधित्व गर्ने सबैको संयुक्त सरकार बनेको छ ।

सर्वोच्च अदालतले पुनर्वहाली गरेसँगै कर्णाली प्रदेश सभाका सांसद एंव पूर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले अदालतको आदेशले न्यायपालिकाप्रति विश्वास बढेको प्रतिक्रिया दिएका छन् । उनले अदालतले सत्यको पक्षमा निर्णय गरेको बताए  ‘हामी सत्यको पक्षमा भएकै कारण सम्मानीत अदालतले पुनर्वहाली गर्‍यो ’ ज्वालाले भने ।  

पार्टीको ह्विप विपरीत वैशाख ३ गते एमालेका सांसदहरू ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले मुख्यमन्त्री महेन्द्रबहाुदर शाहीलाई विश्वासको मत दिएका थिए। ज्वालाबाहेक शाही, बुढा र थापा हाल मन्त्री छन्। शाही भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री, बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र थापा भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री छन्। उनीहरुलाई मुख्यमन्त्री शाहीले बैशाख ४ गते मन्त्रीमा नियुक्त गरेका थिए । पार्टीको ह्विपविपरीत फ्लोरक्रस गरेको भन्दै पार्टी एमालेले कारबाही गरेको पत्रपछि प्रदेश सभा सचिवालयले वैशाख १३ गते उनीहरूलाई निलम्बन गरेको थियो ।

 


Author

थप समाचार
x