राजनीति

गण्डकीका प्रस्तावित मुख्यमन्त्री भन्छन् : गठबन्धनको सरकार बन्‍नुको विकल्प छैन

इकागज |
जेठ २८, २०७८ शुक्रवार २०:२० बजे

काठमाडौँ । गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बनाउनुको विकल्प नभएको बताएका छन् ।  आज प्रदेश प्रमुख सीताकुमारी पौडेलको कार्यकक्षमा बहुमत सांसद उपस्थित भएर हस्ताक्षर बुझाएर फर्कनेक्रममा उनले यस्तो बताएका हुन् । 

उनले अहिलेको संवैधानिक व्यवस्था अनुसार नयाँ  सरकार बन्नुको विकल्प नभएको बताए । ‘३१ जना माननीय स–शरीर आएर सनाखत गरेका छौँ  । हिजो मात्र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माग्नुभएको विश्वासको मत असफल भएको छ, यो भन्दा अरु विकल्प छैन’ उनले भने ।    


विपक्षी गठबन्धनबाट नेपाली काँग्रेसका १५ जना, माओवादी केन्द्रका ११ जना ९सभामुख बाहेक० जनमोर्चाका २ जना, जनता समाजवादी पार्टीका २ जना र स्वतन्त्र सांसद दीपक मनाङे सहित ३१ जना सांसद प्रदेश प्रमुखको कार्यालय पुगेर पोखरेललाई मुख्यमन्त्री दाबी गर्दै हस्ताक्षर बुझाएका हुन् ।  

पोखरेलले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेकोले बहुमतको सरकारका लागि दाबी गरेको पनि प्रष्ट्याए ।    


Author

थप समाचार
x