राजनीति

प्रधानमन्त्री ओलीको जीवन रक्षाको माग

इकागज |
जेठ ३०, २०७८ आइतवार २१:८ बजे

काठमाडौँ : कर्णाली प्रदेश सभाका सदस्य मिनासिंह रखालले प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रक्षाको माग गरेका छन् । प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै प्रदेश सभा सदस्य रखालले प्रधानमन्त्री ओलीको जीवन रक्षा हुनुपर्ने बताएका हुन् ।

'मान्छे मार्छु भन्ने सर्वसाधारणलाई ज्यान मार्ने कसुरमा मुद्दा चल्छ भने प्रदेशसभा सदस्यको हकमा के कानून छ र ?' प्रश्न गर्दै उनले भने, 'त्यसैले म भन्न चाहन्छु, सांसदले रोष्टमबाट मान्छे मार्ने अभिव्यक्ति दिएपछि उनलाई कारवाही हुन्छ कि हुँदैन ? त्यसैले यस्ता हिंस्रक अभिव्यक्ति फिर्ता लिएर मात्र हुँदैन ।'


उनले प्रधानमन्त्री ओलीको जीवन रक्षाका लागि पनि त्यस्तो अभिव्यक्ति दिने सांसदलाई हिरासतमा राखी कारबाही माग गरे । रासस 


Author

थप समाचार
x