राजनीति

कांग्रेसले सार्वजनिक गर्‍यो थप ३३ जिल्लाको क्रियाशील सदस्यको नामावली

इकागज |
जेठ ३१, २०७८ सोमवार १४:३६ बजे

काठमाडौँ  : आगामी भदौ १६ गते १४ औँ महाधिवेशन गर्नेगरी तयारीमा जुटेको नेपाली कांग्रेसले थप ३३ जिल्लाको क्रियाशील सदस्यको नाम सार्वजनिक गरेको छ ।  कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले एक विज्ञप्ति जारी गर्दै जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराएको सफ्टवेयरमा नामावली इन्ट्री गरी ३३ जिल्लाका ६५ स्थानको नामावली सार्वजनिक गरेको हो । 

कांग्रेसले यसअघि १०१ स्थानको विवरण सार्वजनिक गरिसकेको छ । कांग्रेसले अहिले सार्वजनिक गरेको र यसअघि सार्वजनिक भएको नामावलीमा उजुरी, गुनासो वा सुझाव भए दिन पनि भनेको छ । सार्वजनिक नामबारे उजुरी दिने समय असार ६ गतेसम्मलाई तोकिएको छ ।  



Author

थप समाचार
x