राजनीति

पूर्व प्रधानमन्त्री झलनाथ खनाल अक्सिजन सपोर्टमा

इकागज |
जेठ ३१, २०७८ सोमवार १५:१३ बजे

काठमाडौँ : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्वस्थ अस्पताल भर्ना भएका छन् । नेता खनाललाई विगत ९ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि आज बिहान उनी ८ बजेतिर थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् । 

अहिले उनलाई आकस्मिक कक्षबाट वार्डमा सारिएको छ । वार्डमा अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जनाएको छ । सामान्य अवस्थामा रहनुभएको नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ । 


उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार उहाँको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ ।आवश्यक जाँच तथा उपचार प्रक्रिया जारी राखिएको अस्पतालले जनाएको छ । 


Author

थप समाचार
x