राजनीति

'राम्रो सावित हुन धेरैवटा राम्रो गर्नुपर्छ, आलोचित हुन एक गल्ती-भ्रम काफी हुन्छ !'

गण्‍डकी प्रदेशका मुख्‍यमन्‍त्री पोखरेललाई कांग्रेस प्रवक्‍ता शर्माको पत्र

इकागज |
असार १, २०७८ मंगलबार ११:३५ बजे

काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्‍ता विश्‍वप्रकाश शर्माले गण्‍डकी प्रदेशका मुख्‍यमन्‍त्री कृष्‍णचन्‍द्र नेपाली पोखरेललाई खुला पत्र लेखेका छन् । सामाजिक सञ्जालमार्फत विभिन्‍न सुझाव दिँदै शर्माले मुख्‍यमन्‍त्री पोखरेललाई पत्र लेखेका हुन् । पत्रमा प्रवक्‍ता शर्माले मुख्यमन्‍त्रीको कर्मसँग पार्टीको आगामी छवि गाँसिने भन्‍दै राम्रो गर्न सुझाएका छन् । 'समय संवेदनशील छ। राम्रो सावित हुन धेरै राम्रो गर्नुपर्छ,' पत्रमा उनले भनेका छन्, 'आलोचित हुन एक गल्ती या एउटा भ्रम काफी हुन्छ। त्यसैले छायाको होइन ऐनाको सुझाव लिनुहोस्। हेक्का रहोस् तपाईंको कर्मसँग पार्टीको आगामी छवि गाँसिन्छ।'

राम्रो सावित हुन धेरैवटा राम्रो गर्नुपर्छ ! आलोचित हुन एक गल्ती या एक भ्रम काफी हुन्छ ! फुकेर चल्नोस्, सोचेर बोल्नोस्, सहि निर्णय गर्नोस्, समय शंवेदनसिल छ !


शर्माले मुख्यमन्त्रीलाई गलत निर्णय नगर्न, सच्याउन र नकारात्मक प्रचार चिर्न संयोजन गर्न आग्रह गरेका छन् । सही निर्णय गर्न विज्ञलाई सुन्‍न र इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राखेर काम गर्न आग्रह गरेका छन् । 'गलत निर्णय नगर्न, सच्याउन र नकारात्मक प्रचार चिर्न संयोजन गर्नुहोस्,' उनले भनेका छन्, 'सही निर्णय गर्न विज्ञलाई सुन्नुहोस्। जान्नुहुन्छ नै- पद आउँछ, जान्छ तर स्मृतिमा रहन्छ कर्महरू। इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राख्नुहोस्।'

 


Author

थप समाचार
x