राजनीति

सुदूरपश्‍चिममा अस्पताल स्तरोन्‍नतिको लागि साढे २ अर्ब, कोभिड नियन्त्रणका लागि ९० करोड

इकागज |
असार १, २०७८ मंगलबार १७:१४ बजे

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कोभिडलगायतका महामारी नियन्त्रणका लागि ९० करोड विनियोजन गरेको छ । मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आगामी अर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार आगामी आर्थिक बर्षलाई अस्पताल स्तरोन्नती तथा सेवा सुधार बर्षका रुपमा कार्यान्वयन गरिने छ । उक्त कार्यक्रमका लागि २ अर्ब ४२ करोड ५८ लाख विनियोजन गरिएको मन्त्री शाहले उल्लेख गरे ।



Author

थप समाचार
x