राजनीति

झलनाथ खनाललाई 'लङ् कोभिड'को आशंका छ : चिकित्सक

इकागज |
असार २, २०७८ बुधवार १८:२९ बजे

तस्बिर: नर्भिक अस्पताल

काठमाडौँ : नेकपा एमालेका नेता झलनाथ खनाल नर्भिक अस्पतालमा रहँदा उनको स्वास्थ्य अवस्था स्थिर थियो । लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनी दुई दिनअघि अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । नर्भिकको विशेष वार्डमा राखी उपचार जारी थियो ।

उनको उपचारमा संलग्न चिकित्सक उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवका अनुसार उहाँको फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी भएको थियो । 'अस्पतालमा राखेदेखि उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो,' उनले भने ।


उनको अवस्था सामान्य रहेको र  खनाल आफैँले भारतमा गइ उपचार गर्छु भनेपछि उपचार गर्न जाने अनुमति दिएको वास्तवले इकागजलाई बताए । उनलाई केही दिनदेखि आएको ज्वरो पनि घटेको थिएन । पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो ।

अस्पतालमा रहँदा खनाललाई एक पिन्ट रगतसमेत दिइएको थियो । हेमोग्लोबिनको मात्रा कमी देखिएपछि रगत चढाइएको थियो । दुई पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले सपोर्ट नगरेपछि एक पिन्ट मात्र रगत चढाइएको थियो ।

'मिर्गौलाको समस्या उनको पुरानो हो,' डा. बास्तव भन्छन,' स्वास्थ्य अवस्था स्थिर नै हो । लङ् कोभिडको आशंका छ ।'  दिल्ली उड्नु अघि पनि उनलाई निरन्तर खोकी थियो । शरीर शिथिल र कामिरहेको थियो । उनलाई कोभिड भएपछि निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका छ । 


Author

थप समाचार
x