राजनीति

जसपाको यादव समूहले पार्टीको आधिकारिकता दाबी गर्ने

इकागज |
असार ३, २०७८ बिहीबार १७:४४ बजे

काठमाडौँ : जनता समाजवादी पार्टी(जसपा)को संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीको आधिकारितका दाबी गर्न निर्वाचन आयोगमा निवेदन दिने भएको छ । 

समूहको आज काठमाडौँमा बसेको कार्यकारिणी समितिको बैठकले पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । 


राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकता पुनः दाबी गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै बैठकले लुम्बिनी प्रदेशका चार सांसद सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी, कल्पना पाण्डे, विजयकुमार यादवलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको यादवले जानकारी दिए । 

यादवका अनुसार चुरे दोहन गर्न नहुने बैठकले निष्कर्ष निकालेको छ । बाढी  पहिरोको उद्धारका लागि खट्न आफ्ना कार्यकार्तालाई निर्देशन पनि बैठकले दिएको छ । बाढ़ी पहिरो पीडि़तलाई उद्धार र राहत तत्काल उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । 
 


Author

थप समाचार
x