राजनीति

खराब मौसमका कारण मनाङमै रोकियो मुख्यमन्त्रीसहितको टोली

इकागज |
असार ३, २०७८ बिहीबार २०:९ बजे

काठमाडौँ : बाढी प्रभावितलाई राहत तथा उद्धारका लागि पोखराबाट मनाङ पुगेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली मनाङ सदरमुकाम चामेमा रोकिएको छ । मौसममा आएको खराबीका कारण मुख्यमन्त्रीको टोली मनाङमै रोकिएको मनाङबाट पत्रकार प्रकाश ढकालले जानकारी दिए । 

मुख्यमन्त्री पोखरेल, मन्त्री राजीव गुरुङलगायतको टोली राहत सामग्रीसहित आज बिहीबार मनाङ गएको थियो । त्यस्तै आज अपरान्हमा उक्त टोली हेलीकप्टरमार्फत पोखराका लागि उडे पनि मौसम प्रतिकुल भएपछि पुनः चामेनै फर्किएको थियो । मुख्यमन्त्रीको टोलीले बाढी पहिरोका कारण समस्यामा परेका बालबालिका, गर्भवती महिला र दीर्घ रोगीसहित १२ जनालाई उद्धार गरेर पोखरा ल्याउन लागे पनि सम्भव भएन ।  मुख्यमन्त्री नेपालीले भोलि प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची तय भएको छ ।  



Author

थप समाचार
x