राजनीति

जसपा विवाद : आधिकारिकता दाबीसहित उपेन्द्रले बुझाए आयोगलाई पत्र

जसपा विवाद

इकागज |
असार ४, २०७८ शुक्रवार १५:३० बजे

काठमाडौँ :निर्वाचन आयोगमा जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादवले आधिकारिकताको दाबीसहित पत्र पेस गरेको छ ।  पार्टी अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ को अनुसार आफूहरु नै जनता समाजवादी पार्टीको आधिरिक भएको दाबीसहित पत्र पेश गरेका हुन् ।  

यादवले दलकाे नाम, दलको संक्षिप्त नाम, दल गठन भएको मिति, दल दर्ता भएको मिति, दर्ता नम्बर, केन्द्रीय कार्यसमितिबाट भएको निर्णय उल्लेख गरेर निर्वाचन आयोगलाई पत्र बुझाएका हुन् ।  यादवले पार्टी केन्द्रीय कार्यालय बालकुमारी रहेको पनि उल्लेख गरेका छन् ।


अध्यक्ष यादवले २०७८ जेठ ७ गते, २०७८ जेठ ८, २०७८ जेठ १७, २०७८ असार ३ गतेको बैठकमा महन्थ ठाकुर अनुपस्थित भएको, बैठकको सूचनालाई बेवास्ता गर्दै फरक सूचना जारी गरेर  बैठक स्थगन गर्ने, पार्टीको दैनिक कामदेखि राजनीतिक जीवन ठप्प पारी दलको गतिविधिमा दुरगामी प्रभाव र क्षति हुने काम गरेको पनि उल्लेख गरेका छन् । यादवले बहुमत केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू आफ्नो पक्षमा रहेकाले विवाद उत्पन्न दलकै हैसियतमा मान्यता दिन पनि माग गरेका छन् ।  


Author

थप समाचार
x