राजनीति

नियुक्त भएको एकहप्ता नबित्दै गण्‍डकी प्रदेशका मुख्‍यमन्‍त्री पोखरेलले लिए विश्‍वासको मत

इकागज |
असार ४, २०७८ १६:२८ बजे

काठमाडौँ : गण्‍डकी प्रदेशका मुख्‍यमन्‍त्री कृष्‍णचन्‍द्र नेपाली पोखरेलले प्रदेश सभामा विश्‍वासको मत लिएका छन् । मुख्यमन्त्री नियुक्त भएको एकहप्ता नबित्दै मुख्‍यमन्‍त्री पोखरेलले शुक्रबार प्रदेश सभा बैठकमा विश्‍वासको मत लिएका हुन् । प्रदेश सभामा उपस्‍थित ५८ सांसदमध्ये ३१ जनाले पोखरेललाई विश्‍वासको मत दिए भने २७ सांसदले विपक्षमा मतदान गरे।

नेपालको संविधान धारा १६८(५) अनुसार मुख्यमन्त्री भएको व्यक्तिले मुख्यमन्त्री भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । गत बैशाख २९ गते संसद्को‍ ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि जेठ २९ मा नेपाली नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता समेत रहेका पोखरेल विपक्षी गठबन्‍धनका तर्फबाट मुख्यमन्त्री नियुक्‍त भएका थिए । 


ADVERTISEMENT

६० सदस्यीय प्रदेश सभामा ३१ प्रदेश सभा सदस्यको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका थिए । प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद छन् । जनमोर्चाले कृष्ण थापालाई पार्टी ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेर पद गुमेपछि तीन सदस्यबाट २ सदस्य भएको हो ।
 



Author

थप समाचार