राजनीति

कृषिमन्त्री साह भन्छिन् : जमिन शहरीकरण हुनबाट रोक्नुपर्छ

इकागज |
असार ४, २०७८ शुक्रबार १६:४३ बजे

काठमाडौँ : कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले भू-उपयोग नीतिलाई कडाइका साथ लागु गरेर खेतीयोग्य जमिन शहरीकरण हुनबाट रोक्नुपर्ने बताएकी छन् । शुक्रबार कृषि विभाग र नेपाल कृषि महासंघले संयुक्त रुपमा आयोजना गरेको समृद्ध नेपालका लागि कृषिको आधुनिकीकरण विषयक अन्तर्क्रियामा बोल्दै कृषिमन्त्री साहले कृषक र कृषिकै हितको निम्ति भू-उपयोग नीति ल्याइएको बताएकी हुन् ।

उनले कृषिको सबैथोकमा छिट्टै आत्मनिर्भर हुनुपर्ने पनि बताए  भू-उपयोग नीति लागु गर्दा खेतीयोग्य भुमि शहरीकरण हुन रोकिने बताइन् । मन्त्री साहले किसानलाई सुचिकृत गरी राज्यको तर्फबाट दिइनुपर्ने सेवा सुविधा दिन मन्त्रालय चिन्तित रहेको पनि बताइन् ।


उनले भने,‘हाम्रो किसानहरुको सुचिकृत कहिलेसम्म गर्ने र कहिलेसम्म व्यवहारत्ः राज्यको तर्फबाट सुविधा पाउनुपर्ने । त्यो कहिलेसम्म मिलाउन सकिने हो । हामी सबै चिन्तित छौँ र मेहनतको साथअघि बढीरहेको अवस्था छ । चुनौती पनि उत्तिकै छ । भुउपयोगको नीति नीतिगत रुपमा लागु भएको छ । भू-उपयोग नीति सायद कृषिकै हितमा पनि हुनेछ ।’


Author

थप समाचार
x