राजनीति

विपद्‍बारे गृहमन्त्रीसहित सुरक्षा अंगका प्रमुखसँग राष्ट्रपतिको छलफल

इकागज |
असार ४, २०७८ शुक्रबार १७:४९ बजे

काठमाडौँ  : राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक प्रकोपले निम्त्याएको विपद्‍बारे गृहमन्त्री खगराज अधिकारीसहित सुरक्षा अंगका प्रमुखसँग छलफल गरेकी छन् ।  
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारका अनुसार गृहमन्त्री, सशस्त्र प्रहरीका प्रमुख, नेपाल प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुखसँग राष्ट्रपति कार्यालयमै छलफल भएको हो ।  

गृहमन्त्री अधिकारी, गृहसचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शितल निवास पुगेका थिए ।  


छलफलमा राष्ट्रपतिले विपद्‍मा परेका जनताको उद्धार, राहतलगायतको बन्दोबस्त मिलाउन पनि निर्देशन दिएकी छन् । छलफलमा विपद् व्यवस्थापन र अहिलेसम्म भएका क्षतिका बारेमा राष्ट्रपति भण्डारीले चासो दिएकी थिइन् ।  


Author

थप समाचार
x