राजनीति

जसपा विवाद : ठाकुरविरुद्ध कीर्ते जालसाजी मुद्दा दर्ता गर्दै भट्टराई-यादव समूह

इकागज |
असार ६, २०७८ आइतबार १६:२१ बजे

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने पक्का भएको छ । अल्पमतमा परेका जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै  संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अर्का अध्यक्ष उपेन्द्र यादव समूह अदालतमा मुद्दा दर्ता गर्न लागेको हो ।  

भट्टराई-यादव समूहको तर्फबाट अधिवक्ता दिपक राईलगायतका अधिवक्ताहरुले मुद्दा दर्ताको लागि तयारी सुरु गरेका हुन् । 


‘अर्काे प्रयोजनको लागि पहिले नै भएको हस्ताक्षर महन्थ ठाकुरलगायतले दुरुप्रयोग गरेर निर्वाचन आयोगमा पेस गर्नु भएछ,’ अधिवक्ता राईले भने, ‘कीर्ते जालसाक्षी लिखतसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा हाल्न लागेका छौँ । यस्तो कसुर चाहिँ दुनियावादी फौजदारी मुद्दाको रुपमा दर्ता मिल्छ, यही अनुसार दर्ता गर्न लागेका छौँ । यसमा विपक्षी महन्थ ठाकुरलाई नै बनाइन्छ ।’ 

जसपाको भट्टराई–यादव समूहले आफ्नो समूह जसपाको आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र बुझाइसकेको छ । 

  


Author

थप समाचार
x