राजनीति

सरकारी डिजिटल डाटाको सुरक्षामा ध्यान दिन निर्देशन

इकागज |
असार ६, २०७८ आइतबार २१:३९ बजे

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले सरकारी डिजिटल डाटाको सुरक्षामा विशेष ध्यान दिन राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई निर्देशन दिएकी छन् । सिंहदरबारस्थित केन्द्रको कार्यालयको निरीक्षणका क्रममा मन्त्री थापाले सरकारी तथ्याङ्कको सुरक्षाको प्रश्न राष्ट्रियतासँग जोडिएकाले गोपनीयतामा कुनै सम्झौता गर्ने नहुने बताइन्उ ।

उनले सूचना प्रविधिका क्षेत्रमा लगानी बढाइने बताउँदै प्रविधि केन्द्रलाई मन्त्रालयका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा सञ्चार सचिव हरिप्रसाद बस्यालले प्रविधि केन्द्रलाई क्षमता विस्तारको योजना बनाउन निर्देशन दिइन् । केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले केन्द्रको कार्यक्रम र भावी योजनाबारे मन्त्रीलाई जानकारी गराइन् । 



Author

थप समाचार
x