राजनीति

सामाजिक सञ्‍जालमा देखिने प्रतिक्रियाले अधपतनको संकेत गरेको छ : प्रधानमन्त्री ओली

इकागज |
असार ७, २०७८ सोमवार १६:४६ बजे

फाइल तस्‍बिर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत स्वास्थ्य मात्र नभई सामाजिक र साँस्कृतिक स्वास्थ्यलाई पनि सही हालतमा राख्न योग आवश्यक रहेको बताएका छन् । सातौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मानवको शारीरिक स्वास्थ्यमात्र होइन मात्र होइन समाजलाई साँस्कृतिक, नैतिक र चारित्रक रुपले सबल राख्न समेत योग आवश्यक रहेको बताए।

प्रधानमन्त्री ओलीले साँस्कृतिक मर्यादा सामाजिक स्वास्थ्यको मुख्य विषय रहेको समेत बताए । ‘विभिन्न प्रयासबाट अहिलेको  कोभिड १९ त एक डेढ वर्षमा पार होला तर सामाजिक र साँस्कृतिक अधपतनको महामारीले चल्यो भने कयौ पिढीँसम्म दु:ख पाइनेछ’, उनले भने ।


अहिले सामाजिक सञ्जालमा देखिने प्रतिक्रियाले त्यस्तो अधपतनको संकेत गरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘अहिले सामाजिक सञ्जाल हेरी नसक्नु हुन्छ’ ।

सभ्यताको सुरुवात भएको यो भूमिमा अहिले हामी असभ्यताको फागु खेलिरहेका छौं’। योगाभ्यासले यो साँस्कृतिक अधपतन रोक्नुपर्ने विचार प्रधानमन्त्रीको थियो । हामीले ‘भत्किएको धरहरा त दुई वर्षमै बनायौं तर साँस्कृतिक धरहरा भत्कियो भने दुई पुस्ता वित्दा पनि बनिसक्दैन, उनको भनाइ थियो । 

त्यसकारण योग गुरुहरूले आशनमा भन्दा अनुशासनमा ध्यान दिनुपर्छ । योगका आठ अंगहरू मध्ये पहिलो यम भएको र त्यसको पनि पहिलो कुरा पहिलो सत्य प्रतिको निष्ठा र असत्यलाई अस्वीकार गर्नु भएको उनको भनाइ थियो । ‘सत्यमा अडिग रहु । सत्यको निष्ठा पुर्वक पालना गर असत्यलाई कुनै हिसाबका भ्रम वा त्रासका कारण स्वीकार नगर र त्यसविरुद्ध लड । यमले सही भन्छ’, उनको भनाइ थियो ।

योगबाट असली लाभ लिन अनुशासन, सदाचार र सदगुण लिने रज, तम गुण क्लेश र खराबवृत्ति लाई परित्याग गर्नुपर्ने धारणा पनि प्रधानमन्त्रीले राखे । आफ्नो वैधानिक र न्यायिक दावी पुग्ने बाहेकका कुरामा आशक्ति नराख्न पनि योगले सिकाउने धारणा उनको थियो । अरस्तुले सत्यकै लागि प्राण  त्याग गरेको प्रशंग समेत उल्लेख उनले बताए ।

योगको प्रादुर्भाव नेपाली भूमीबाटै सूरु भएका बताउँदै उहाँले त्यसलाई कपिल मुनी र विश्वव्यापी महामारीको यो समयमा मानिसलाई डिप्रसनमा जान नदिन, आशावादीता र मनोबल बढाउन रहेको भनाइ उनको थियो । 

अब योग सम्बन्धित प्रोटोकल बनाउने र  त्यसको परिणाम समेत प्राप्त हुने गरी व्यवस्थित गर्नु जरुरी रहेको भनाइ पनि उनको थियो । यसका लागि पाठ्यत्रममा योग शिक्षा राख्ने र योग विद्यालय स्थापना पढाउ गर्ने तथा सिकाउने अभ्यास गर्नुपर्ने धारणा उनको थियो ।


Author

थप समाचार
x