राजनीति

'फेरि पूरानो ठाउँमा फर्किने होइन, नयाँको ध्रुवीकरण जरुरी छ'

'बालुवाटारले भिन्न तरिकाले राजनीति गर्न खोजे उनीहरूलाई राम्रो हुँदैन'

इकागज |
असार ७, २०७८ सोमबार १८:३३ बजे

फाइल तस्‍बिर

काठमाडौँ : नेकपा(एमाले)का नेता मणि थापाले आफूहरू प्रधानमन्त्री केपी शर्मा ओलीबाट उपयोग भएको नभई बृहत्तर कम्युनिष्ट आन्दोनको निर्माणका लागि साथ दिएको बताएका छन् । नेता थापाले आफूहरू प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष ओलीबाट उपयोग नभएको जिकिर गरे । उनले बृहत्तर कम्युनिष्ट आन्दोलनको पक्षमा रहेको र त्यही प्रक्रियालाई पूरा गर्नका लागि ओलीको साथमा रहेको स्पष्ट पारे । 

ओली र दाहालले सुरु गरेको कम्युनिष्ट आन्दोलन निर्माणकै प्रक्रियामा रहेकाले आफूहरूले कुनै राजनीतिक रूपमा गल्ती नगरेको उनले बताए । उनले भने,‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पछिल्लो चरणमा समर्थन गर्‍यौँ । त्यो समर्थनको आधार भनेको नेकपा निर्माणको आधार हो । हामी नेकपा निर्माण गर्न चाहान्छौँ र बृहत्तर कम्युनिष्ट आन्दोलन हामी बनाउन चाहान्छौँ । जुन प्रक्रिया केपी ओली र प्रचण्डले सुरु गर्नुभयो । त्यो प्रक्रियालाई पूरा गर्न चाहान्छौँ । त्यो प्रक्रियालाई पुरा गर्ने बाटोबाट हामी हिडिरहेकाले राजनीतिक रूपमा केही गल्ती गरेका छैनौँ । हामी उपयोग भएको होइन । राजनीतिमा लेनदेन, उपयोग, किनबेच र क्याम्प चेन्ज गर्ने जुन बनिरहेको छ त्यसले राजनीति विकृत गरेको छ । त्यसको पक्षमा हामी छैनौँ । हामी ठीक ठाउँमा छौँ । यहाँ हामी संघर्ष गरेर फेरि नयाँ कम्युनिष्ट आन्दोलनको ध्रुवीकरणमा भएको हुनाले हामी त्यतिधेरै चिन्तित छैनौँ ।’


‘पूरानो ठाउँमा फर्कनसक्ने कुनै सम्भावना छैन । त्यो सम्भावना हिजो पनि थिएन । हामी सबैले पूरानो ठाउँलाई तोडेर नयाँ आन्दोलन अथवा नयाँ कम्युनिष्ट पार्टी बनाउन भनेर आएका हौँ । अब पूरानोमा फर्किने होइन, नयाँको ध्रुवीकरण जरुरी छ । 

नेता थापाले नेकपा(एमाले)को एकतालाई आफूले जायज र न्यायिक ठान्ने बताए । एकताको लागि प्रधानमन्त्री ओलीले वातावरण बनाउनुपर्ने र माधव समूह पनि एकतामा आउनुपर्ने उनले बताए । एमाले एकताले आफूहरूलाई फरक नपर्ने बताउँदै कम्युनिष्ट आन्दोलन अगाडि बड्ने र बहसमा भाग लिन आफूहरू तयार रहेको पनि उनले बताए । ‘एमाले एक ठाउँमा आउने कुरालाई हामीले जायज र न्यायिक ठान्छौँ । उहाँहरू आउनुपर्छ,' उनले भने, 'त्यसका निम्ति ओलीले राम्रो वातावरण बनाउनुपर्छ र माधव नेपाल समूहले पनि बदलिदो परिस्थितिलाई बुझेर आफूलाई ध्रुवीकरणको पक्षमा ल्याउनुपर्छ र अरु कम्युनिष्ट घटकहरू पनि एक ठाउँमा आउनुपर्छ भन्ने मूल सिद्धान्तको जगमा हामीले काम गरिरहेको हुनाले उहाँहरू आउँदैमा केही फरक हुँदैन । फेरि कम्युनिष्ट आन्दोलन अगाडि बढ्छ ।’

नेता थापाले आफूहरू पूरानो पार्टीमा फर्किने सम्भावना नरहेको पनि प्रष्ट पारे । पूरानो पार्टी तोडेर नयाँ कम्युनिष्ट पार्टी बनाउनका लागि आइसकेकाले अब पुरानो नभइ नयाँ ध्रुवीकरण आवश्यक रहेको उल्लेख गरे । एमालेको एकतामा पूर्वमाओवादीको समूह मिसिदाँ कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हुने भएकाले यसैको ध्रवीकरणमा उनले जोड दिए । उनले भने ‘पूरानो ठाउँमा फर्कनसक्ने कुनै सम्भावना छैन । त्यो सम्भावना हिजो पनि थिएन । त्यो सम्भावना तोडेर नेकपा बनाएकोहो । हामी सबैले पूरानो ठाउँलाई तोडेर नयाँ आन्दोलन अथवा नयाँ कम्युनिष्ट पार्टी बनाउन भनेर आइसकेको हुनाले हामी सबैले तोडेको हो । अब पूरानोमा फर्किने होइन, नयाँको ध्रुवीकरण जरुरी छ । त्यो ध्रविकरणको कोर्स कहाँबाटसुरु गर्ने भन्दाखेरी  ठूलो जनाधार भएको कम्युनिष्ट पार्टी केपी ओलीले नेतृत्व गर्नुभाछ, उहाँले नेतृत्व गरेकै पार्टीबाट फेरि नयाँ खालको ध्रुवीकरणको आवश्यकता छ । पूरानोले ध्रुविकरण गर्न सक्दैन । माओवादीको केन्द्रीकरण र एमालेको केन्द्रीकरणले समस्या समाधान हुँदैन । नेकपाको केन्द्रीकरण अथवा कम्युनिष्ट आन्दोलनको केन्द्रीकरणले मात्रै समस्या समाधान गर्छ ।’

उनले प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतको फैसलापछि मन्त्रिपरिषद् पुर्नगठन गर्ने सुझाव दिएको उनले बताए । सर्वोच्चको फैसलापछि पुर्नगठन गर्दा राजनीतिक, कानुनी र नैतिक रूपले सही हुने निष्कर्षसाथ प्रधानमन्त्री ओलीलाई सुझाव दिएको भए पनि प्रधानमन्त्री ओलीको निर्णयमा आफूहरुको असन्तुष्टि नरहेको उनले उल्लेख गरे । तर प्रधानमन्त्री ओलीले आफूहरूको सहभागिताविना फरक ढंगले राजनीति गर्न चाहेमा राम्रो नहुने पनि उनले बताए । ‘सर्वोच्चको निर्णयपछि मन्त्रिपरिषद् गठनबारे राजनीतिक, कानुनी, नैतिक रूपले सही हुन्छ भनेर प्रधानमन्त्रीलाई भनेका हौँ,' उनले भने, 'प्रधानमन्त्रीले लिएको डिसिजन स्वीकार गर्छौ भनेको हुनाले हामी यहाँ कन्फ्युजमा छैनौँ । बालुवाटार कन्फ्युज छन्, उनीहरूले कन्फ्युजको राजनीति गर्न खोजिराछन् भने, उनीहरूले भिन्न तरिकाले राजनीति गर्न खोजिरहेका छन् भने पनि त्यो उनीहरूलाई राम्रो हुँदैन । हामीले वैचारिक राजनीति गर्न खोजेको हुनाले हामीलाई कुनै लेनदेनको कुरा छैन । सुझाव नमान्दा असन्तुष्टि पनि होइन ।’

नेता थापाले एमालेभित्र पूर्व माओवादीहरूले पूर्व समूहको रूपमा आफ्नो अस्तित्व नखोजी वाम प्रवृति, राष्ट्रवादी प्रवृत्ति र प्रगतिशील प्रवृत्तिले प्रश्रय पाओस् भन्ने खोजेको बताए। उनले सबै राजनीतिक विषय सर्वोच्च अदालतमा केन्द्रिकृत हुने स्थितिले देशको राजनीति परिवर्तनको एजेण्डा र परिवर्तनमाथि नै प्रश्न उठाएको पनि बताए ।


Author

थप समाचार
x