राजनीति

मेलम्ची र हेलम्बुका बाढी पीडितलाई भक्तपुर कांग्रेसको सहयोग

इकागज |
असार ८, २०७८ मंगलबार १५:२० बजे

काठमाडौँ : असार १ गते आएको बाढीका कारण प्रभावित सिन्धुपाल्चोकका हेलम्बु र मेलम्चीवासीलाई नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले नगद तथा राहत सहयोग गरेको छ ।  मंगलबार भक्तपुरमा कांग्रेसको केन्द्रीय विपद् व्यवस्थापन समितिमार्फत कांग्रेस भक्तपुरले नगद तथा राहत सामाग्री हस्तान्तरण गरेको हो ।

भक्तपुर जिल्ला समितिमा सभापति दुर्लभ थापाले विपद् व्यवस्थापन समितिका संयोजक मोहन बस्नेतलाई ३ लाख ५१ हजार रुपैयाँ नगद तथा खाद्या सामाग्री हस्तान्तरण गरे । कार्यक्रममा संयोजक बस्नेतले विपद्का कारण समस्यामा परेका नागरिकलाई कांग्रेसको अग्रसरतामा राहत दिने कार्य निकै सकारात्मक रहेको बताए ।


उनले बाढीपिडितको समस्या समाधानका लागि कांग्रेस क्रियाशील रहेको पनि बताए । बाढीबाट क्षति भएको क्षेत्रबाट बालुवा निकाल्न र स्थानीयहरूको घरबाट सामान निकाल्न प्रशासनले नसके कांग्रेसका कार्यकताहरु खटिने उनको भनाइ छ ।

त्यस्तै कांग्रेस भक्तपुरका सभापति थापाले विपद्‍मा परेका नागरिकलाई सहयोग गर्नु कर्तव्य ठानेर सहयोगको हातअघि बढाएको बताए । कार्यक्रममा कांग्रेस नेता बस्नेतले भक्तपुरका नयाँ क्रियाशिल सदस्यहरुलाई परिचयपत्र वितरण गरेको बताए । 


Author

थप समाचार
x