राजनीति

२० मन्त्री पदमुक्त, काम नगराउन सर्वोच्चको अन्तरिम आदेश

इकागज |
असार ८, २०७८ मंगलबार १६:२१ बजे

काठमाडौँ : सर्वोच्च अदालतले पछिल्लो पटक मन्त्रिपरिषद् विस्तारका क्रममा थपिएका मन्त्रीहरुलाई काम नगर्न भन्दै अन्तरिम आदेश दिएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले प्रतिनिधि सभा विघटनपछि थपिएका मन्त्रीहरूलाई काम गर्न नदिन अन्तरिम आदेश दिएको मुद्दा दायर गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इकागजलाई जानकारी दिए । 

प्रतिनिधि सभा विघटन गरेको कामचलाउ चुनावी सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने उल्लेख गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले पनि ट्‍वीटरमा लेखेर प्रधानमन्त्रीसहित ५ जना बाहेक सबै मन्त्री पदमुक्त भएको उल्‍लेख गरेका हुन् । 


 

यसअघि २० मन्त्री पदमुक्त हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ* - सम्पादक


Author

थप समाचार
x