राजनीति

अन्तरिम आदेशबारे ठाकुर समूहको प्रतिक्रिया : चित्तबुझ्दो छैन

इकागज |
असार ८, २०७८ मगलवार १७:२ बजे

काठमाडौँ : आफ्ना पार्टीका ११ सहित २० मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश चित्तबुझ्दो नभएको प्रतिक्रिया जनता समाजवादी पार्टी(जसपा)को अध्यक्ष महन्थ ठाकुर समूहले दिएको छ । 

कार्यकारिणी समिति सदस्य केशव झाले सर्वोच्चको आदेश त्यति चित्तबुझ्दो नभएको प्रतिक्रिया दिए । ‘अदालतको व्याख्या हो, त्यति चित्तबुझ्दो छैन,’ सदस्य झाले इकागजसँग भने ।


अन्तरिम आदेश भएकाले आत्तिहाल्नु पर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘संविधानको व्याख्या गर्ने ठाँउ सर्वोच्च अदालत हो । के सोचेर यस्तो व्याख्या गर्‍यो,’ झाले भने, ‘अन्तरिम आदेश गरेको छ । अहिले नै मुद्दा टुंगिएको छैन । थप छलफल गर्दैछौं ।’

अदालतको आदेशबारे छलफल गर्न समूहले अझैसम्म बैठक भने बोलाएको छैन । ओलीले जसपाको ठाकुर समूहलाई समावेश गरेर जेठ २१ र २७ गते मन्त्रिपरिषद् बैठक विस्तार गरेका थिए । 
 


Author

थप समाचार
x