राजनीति

सर्वाेच्चले ओलीलाई विधि विधान सिकाइदियो : देव गुरुङ

इकागज |
असार ८, २०७८ मंगलबार १७:२६ बजे

काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सर्वाेच्च अदालतको अन्तरिम आदेशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विधि र विधान सिकाइदिएको टिप्पणी गरेका छन् । सर्वाेच्चले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरषद्का सदस्यलाई पदमुक्त गराउन अन्तरिम आदेश दिएपछि गुरुङले यस्तो प्रतिक्रिया दिएका हुन् ।  

‘यो काम चलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न पाउँदैन भन्ने त स्थापित मान्यता हो । प्रधानमन्त्री ओलीले विधि विधान केही नमानेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो,’ उनले इकागजसँग संक्षिप्त कुरा गर्दै भने, ‘उहाँँ (केपी ओली)लाई सर्वाेच्चले विधि विधान सिकाइदियो ।’ 


प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको आज मंगलबारको इजलासले प्रतिनिधि सभा विघटनपछि थपिएका मन्त्रीरुलाई काम गर्न नदिन अन्तरिम आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधि सभा विघटन गरेको काम चलाउन चुनावी सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने उल्लेख गर्दै सर्वाेच्चमा रिट दायर गरेका थिए । 

सर्वाेच्चको यो फैसलाले प्रधानमन्त्रीसहित पाँच जनाबाहेक सबै मन्त्री पदमुक्त भएका छन् । सर्वाेच्चको आदेशलाई लिएर सत्तारुढ एमाले र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहले आपत्ति जनाइसकेको छ ।  


Author

थप समाचार
x