राजनीति

पदमुक्त मन्त्रीहरू बालुवाटारमा

इकागज |
असार ८, २०७८ मगलवार १७:५५ बजे

फाइल तस्बिर

काठमाडौँ : सर्वोच्च अदालतले पदमुक्त गर्न अन्तरिम आदेश दिएका २० मन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्चको अन्तरिम आदेशबाट पदमुक्त भएका मन्त्रीहरू प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको जानकारी दिए । 

‘सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पदमुक्त भएका मन्त्रीहरू बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न आइरहनु भएको छ,’ सल्लाहकार थापाले भने, ‘एकै पटक होइन, एक-दुई जना गर्दै आइरहनु भएको छ ।’
 
सर्वोच्च अदालतले आज जनता समाजवादी पार्टीका ११ र एमालेका ९ मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएको थियो । 
 



Author

थप समाचार
x