राजनीति

सर्वाेच्चको फैसलापछि योगेश भट्टराई भन्छन् : बुझ्‍नेलाई श्रीखण्ड नबुझ्‍नेलाई खुर्पाको बिँड

इकागज |
असार ८, २०७८ मंगलबार २०:२८ बजे

फाइल तस्बिर

काठमाडौँ  : नेकपा एमालेका नेता योगेश भट्टराईले सर्वाेच्च अदालतले नवनियुक्त मन्त्रीहरुको पदमुक्त गर्नुलाई पार्टीको एकतासँग जोडेर आफ्नो धारणा सार्वजनिक गरेका छन् । भट्टराईले सर्वाेच्चको पछिल्लो फैसलालाई एमाले एकताको पक्षमा उत्प्रेरणा नै मान्नुपर्ने बताएका हुन् । 

‘अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त,’ भट्टराईले फेसबुकमा लेखेका छन्, ‘एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ । बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन् नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड ।' 



Author

थप समाचार
x