राजनीति

ओलीलाई इंगित नेपालले भने : मुलुकलाई भड्खालोमा पुग्नबाट जोगाऔँ

इकागज |
असार ८, २०७८ मंगलबार २०:४३ बजे

काठमाडौँ  : नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओलीले गलत बाटो अंगाल्दा नेकपा, संसद, सरकार र पार्टी तहस नहस भएको टिप्पणी गरेका छन् । 

नेपालले ओलीको नाम उल्लेख नै नगरी फेसबुकमा लेखेका छन्, ‘संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो ! जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी ‘नेकपा’ बनेको थियो । तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा(एमाले)लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन्।’ 


नेता नेपालले सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक-पटक गलत निर्णय गर्दै जाँदा पार्टी, देश कसैलाई पनि गन्तव्यमा नपुर्याउने बताएका छन् । ‘सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा  पुर्याउँदैन र राम्रो परिणाम दिँदैनन्,’ उनले थप लेखेका छन्, ‘हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं । एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा  संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न  सम्पूर्ण  वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं । मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं !!’ 


Author

थप समाचार
x