राजनीति

विगतमा सबै बालबालिकाले उपयुक्त लालनपालन र पाउनै पर्ने हक समेत पाएनन् : प्रधानमन्‍त्री ओली

इकागज |
असार ९, २०७८ बुधबार १४:२७ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाई शारीरिक र मानसिक रूपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमता युक्त बनाउँदै लैजान सकिए मात्र भोलि देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउनसक्ने बताएका छन् । बुधबार नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो धारणा राखेका हुन् ।

बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको प्रधानमन्त्रीले उल्लेख गरे । यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिले काहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको पनि उनले बताए । यसका साथै त्यस्ता सँस्थाहरूले कहिले काहीँ आफ्नो उचाई विपरीत संकिर्ण दायरामा आफूलाई प्रस्तुत गरेको समेत प्रधानमन्त्रीले बताए ।


‘परिणाम स्वरुप नेपाली बालकाबालिका अभिभावकविहीन हुने र संरक्षण गर्ने कोही नहुने स्थितिमा समेत पुगे । हाम्रा छोराछोरी खाते  भन्दै बदनाम गरिए’, उनले भने  ।  यसका साथै विभिन्न ढंगले ब्यक्तिगत स्वार्थमा बालबालिकिालाई प्रयोग गर्ने काम समेत भए । ‘कहिँ रित पुर्‍याएर त कही गुपचुप ढंगले बालबालिकाको दुरुपयोग भयो । आगामी दिनमा आगामी दिनमा यस्ता कुरालाई सम्पूर्ण रूपले रोक्नुपर्छ’ , प्रधानमन्त्रीको भनाइ थियो ।

सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचार गर्ने र आवश्यक सबै प्रबन्ध गर्ने साथमा उनीहरुलाई अरु बालकालिकाको तुलनामा कम नहुने गरी विकास गर्ने समेत प्रधानमन्त्रीले बताए । यसकार्यमा बालमन्दिरलाई नेपाल सरकारका तर्फबाट संठनात्मक तथा भौतिक पुर्वाधारमा पूर्ण सहयोग हुने भनाइ पनि उनको थियो । 

नेपाल बाल संगठनले यसतर्फ आफ्नो मनोबल कमजोर गर्ने र हरेस खानु नहुने बताउँदै प्रधानमन्त्रीले संगठन अब कमजोरीहरू हटाइ संगठन अघि बढने समेत बताए ।


Author

थप समाचार
x