राजनीति

'खेलकुदको विकासका लागि पहिलो सर्त पूर्वाधार'

इकागज |
असार ९, २०७८ बुधबार १४:२८ बजे

काठमाडौँ : उराष्ट्रपति नन्दबहादुर पुनले खेलकुदको विकासका लागि पूर्वाधार पहिलो सर्त भएको बताएका छन् । बुधबार ओलम्पिक दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्दै उराष्ट्रपति नन्दबहादुर पुनले पूर्वाधारको विकास विना खेल क्षेत्रको विकास नहुने बताएका हुन् ।

उनले कमजोर पूर्वाधारले खेलकुदको विकास हुन नसक्ने तर्क गरे । खेलाडीलाई जीवन निर्वाह गर्न पुग्ने गरी व्यवस्थापन गर्न नसके खेल क्षेत्रको विकास सम्भव नरहेको बताउँदै उपराष्ट्रपति पुनले सम्बन्धीत निकायले यसतर्फ पनि ध्यान दिन आग्रह गरे । उनले भौतिक पूर्वाधारसहित नियमित अभ्यास गर्न मिल्ने भौतिक संरचना भए अन्तर्राष्ट्रिय क्षेत्रमा खेलाडीले देशको नाम चम्काउन सक्ने बताए । उनले कोभिड महामारिको समयमासमेत खेल क्षेत्रले अतुलनिय प्रगति गरेको भन्दै प्रशंसासमेत गरे ।


उनले खेल क्षेत्र पनि कोरोना महामारिबाट अछुतो नरहेकाले यसबाट बच्न र बचाउन कोरोना विरुद्धका नियमहरू पालना गर्नु आजको आवश्यकता भएको बताए । कार्यक्रममा नेपाल ओलम्पितक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले खेलकुद क्षेत्रले विश्वमा तीन पीलरको काममा गरिरको बताए । उनले मुभ,लर्न र डिस्कभरी गरी तीन आधारमा ओलम्पिक गतिविधि भइरहेको जानकारी दिए । श्रेष्ठले खेल अनुशासनका लागि आग्रह गर्दै यस क्षेत्रलाई मर्यादित बनाउनु आजको आवश्यकता रहेको बताए ।


Author

थप समाचार
x