राजनीति

मन्त्रालयमा मन्त्री नभएर के भो, फोटो हटेको छैन

इकागज |
असार ९, २०७८ बुधबार १८:४० बजे

काठमाडौँ : सर्वोच्च अदालतको आदेशले २० मन्त्री पदमुक्त भइसकेका छन् । तर, ती मन्त्रीको 'ह्याङ'बाट मन्त्रालय मुक्त हुन सकेका छैनन् । मन्त्रालयको भौतिक भवनबाट मन्त्री बिदाइ भइसके पनि मन्त्रालयको 'भर्अचल भवन' अर्थात् वेबसाइटमा मन्त्रीको उपस्थिति भने कायमै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ र जेठ २७ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । जतिबेला उनले क्याविनेटमा २० जना मन्त्री थपेका थिए। यो मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट पर्‍यो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको रिटमाथि सुनुवाइ गर्दै बुधबार अन्तरिम आदेश दियो।


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासले दिएको उक्त आदेशपछि उपप्रधानमन्त्री विष्णु पौडेल र मन्त्रीहरू कृष्णगोपाल श्रेष्ठ, बसन्तकुमार नेम्वाङ, लिलानाथ श्रेष्ठबाहेक सबै मन्त्री पदमुक्त भए।

नयाँ मन्त्रीहरू मन्त्रालय छिरेको एक महिना पनि नटिकेपछि अघिकांश मन्त्रालय अलमलमा छन्। जसका कारण मन्त्रालयमा कार्यरत कर्मचारी संयन्त्रले 'पर्ख र हेर'को नीति लिएको छ। मन्त्रालयमा नयाँ मन्त्री भित्रिएसँगै मन्त्रालयको कर्मचारी संयन्त्रले मन्त्रीको 'स्पिरिट' अनुसार नै चल्न खोज्छ। यसपटक पनि त्यही भयो।

नयाँ मन्त्री मन्त्रालय भित्रिएसँगै कर्मचारी संयन्त्रको 'स्पिरिट' मन्त्रीकै 'स्पिरिट' अनुसार बदलिँदै थियो। तर, एक महिना नपुग्दै मन्त्रीहरू पदमुक्त भए। जसका कारण कर्मचारी संयन्त्रको बदलिरहेको 'स्पिरिट' नै खलबल्लियो।

आफूहरू मन्त्रालयमा क्षण–क्षणमा मन्त्री नियुक्तिसँगै 'ब्रिफ्रिङ विज्ञ' परिणत भएको  एक सचिव बताउँछन् । 'हामी त ब्रिफ्रिङ विज्ञ भयौँ, मन्त्रीजी आउनुभयो उहाँलाई सिकायौँ, उहाँ फेरि यहाँबाट जानुभयो, अब फेरि नयाँ आउनुहोला, उहाँहरू पनि पनि जानुहोला', ती सचिव भन्छन्, 'हाम्रो कामै ब्रिफिङ दिने मात्र भएको छ, मन्त्रालय अस्तव्यस्त भएको छ, यसले हामीलाई पीडा दिन्छ।'  

सचिवको भनाई पुष्टि हुने आधारहरू धेरै छन् । जसमध्येको एक हो, मन्त्रालयको वेबसाइट। अदालतको आदेशपछि मन्त्रीहरू झण्डा छोपेर हिँड्न थालेका छन्। तर, मन्त्रालयका बेवसाइटमा पद-मुक्त भइसकेका मन्त्रीको विवरण हटाइएको छैन।  मन्त्रालयमा मात्र होइन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा पनि पदमुक्त मन्त्रीको विवरण हटेका छैनन् ।

पदमुक्त भएका तर मन्त्रालयको वेबसाइटमाट नहटाइएका मन्त्री र मन्त्रलयको विवरण (यो समाचार तयार पार्दासम्म) :

उपप्रधानमन्त्रीहरू

 
         

श्री रघुबीर महासेठ

परराष्ट्र

   

श्री राजेन्द्र महतो

सहरी विकास

   

मन्त्रीहरू

श्री खगराज अधिकारी

गृह

   

श्री शरतसिंह भण्डारी

ऊर्जा, जलस्रोत तथा सिँचाई

   
         

श्री अनिलकुमार झा

खानेपानी

   

श्री शेरबहादुर तामाङ

स्वास्थ्य तथा जनसङ्‌ख्या

   

१०

श्री राजकिशोर यादव

 उद्योग, वाणिज्य तथा आपूर्ति

   

११

श्री लक्ष्मणलाल कर्ण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

   

१५

श्री ज्वालाकुमारी साह

कृषि तथा पशुपंक्षी विकास

   

१७

श्री उमाशंकर अरगरिया

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

   

१८

श्री चन्दा चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

   

१९

श्री एकवाल मियाँ

युवा तथा खेलकुद

   

२०

श्री नारद मुनि राना

वन तथा वातावरण

   

२१

श्री गणेशकुमार पहाडी

सङ्घीय मामिला तथा सामान्य प्रशासन

   

२२

श्री मोहन बानिया

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

   

माननीय राज्यमन्त्री

२३

श्री चन्द्रकान्त चौधरी

ऊर्जा, जलस्रोत तथा सिँचाई

   

२४

श्री रेणुका गुरूङ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

   

२५

श्री आशाकुमारी वि.क.

वन तथा वातावरण

   


Author

थप समाचार
x