राजनीति

जातीय विभेदबारे कांग्रेस प्रवक्ताको प्रश्‍न : मन्त्रीको साइरन बजाउँदै एउटा पक्षमा उभिन मिल्छ ?

इकागज |
असार ९, २०७८ बुधवार १९:३३ बजे

काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई पक्षबीच झगडा हुँदा मन्त्रीले नै कुनै एउटा पक्षको पक्षमा उभिन मिल्छ भन्ने प्रश्न गरेका छन् । सामाजिक सञ्‍जाल ट्‍वीटरमा प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिनु पर्छ @PM_Nepal ?' भनेर प्रश्‍न गरेका छन् । 

उनले 'हिजो गितार बजाउँदै समानताको गीत गाउँदै, आज गाडी गुडाउँदै, मन्त्रीको साइरन बजाउँदै राज्य एउटा पक्षमा उभिन मिल्छ ?' भनेर थप प्रश्न गरेका छन् । 


शर्माले जातीय विभेदको कहालीलाग्दो व्यथा अन्त्य गर्न साझा पहल गर्ने कि मन्त्रीलेनै पक्षधरताको खुला सन्देश दिने ? भन्दै आफ्‍नो ट्‍वीट टुङ्ग्याएका छन् । 


Author

थप समाचार
x