हिनामिना प्रकरणमा जोडिएका सहकारी सञ्चालकसँग छानबिन समितिले गर्यो छलफल
काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले हिनामिना प्रकरणमा जोडिएका सहकारी सञ्चालकसँग छलफल गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको बैठकले सहकारी हिनामिना प्रकरणमा जोडिएका सञ्चालक समितिका सदस्य र पदाधिकारीहरूसँग छलफल गरेको हो । सो क्रममा शुक्रबार गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष र अध्यक्षसँग छलफल गरेको छ ।
त्यस्तै श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष र गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसँग छलफल गरिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । सहकारी हिनामिना प्रकरणमा जोडिएका अन्यसँग पनि छलफल गरेर निष्कर्षमा पुग्ने समितिको तयारी छ । छलफलका साथै समितिले प्रतिवेदन मस्यौदाको कामलाई पनि अघि बढाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया