तापक्रम वृद्धिका कारण सोलुखुम्बुको थामेमा हिमताल फुट्यो
काठमाडौँ - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तापक्रम वृद्धिका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी भएको जनाएको छ ।
बुधबार सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले तापक्रम वृद्धिका कारण थामे खोलाको मुहान क्षेत्रमा रहेका हिमतालमा पानी बढेको र तल्लो ताल फुटेर बाढी आएको जानकारी दिए ।
स्थलगत निरीक्षणका क्रममा पनि हिमाल पग्लेर माथिल्लो तालमा पानीको सतह बढेको र उक्त पानी तल्लो तालमा जम्मा भई भार थेग्न नसकेको फुटेको देखिएको उनले बताए ।
पोखरेलले स्थानीयहरूले सो समयमा केही बर्ष भएपनि अहिलेसम्मकै गर्मी महसुस गरेको बताएको समेत जानकारी दिए । उनले सोलु घटनाले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा जोखिम बढेको पुष्टि भएको उल्लेख गरे ।
उक्त घटनाको अध्ययन गर्नका लागि सर्भे टोली सक्रिय रहेकाले केही दिनमा नै ठोस कुरा बाहिर आउने प्राधिकरणले जनाएको छ । शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा एक्कासि बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्याएको थियो । शनिबार बिहान प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया