सहकारी छानबिन समितिले हाम्रो ग्रुप अफ कम्पनीका तत्कालीन संस्थापक पौडेलसँग बयान लियो
काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले तत्कालीन हाम्रो ग्रुप अफ कम्पनीका तत्कालीन संस्थापक पुष्पराज पौडेलसँग बयान लिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले हाम्रो ग्रुप अफ कम्पनी र गोर्खा ग्रुप अफ कम्पनीको सम्बन्धका बारेमा पौडेलसँग सोधपुछ गरेको हो । तत्कालीन अवस्थामा हाम्रो ग्रुप अफ कम्पनीले हर्बो इन्टरनेशनल नेटवर्किङका नाममा सर्वसाधारणको करोडौंको ठगी गरेको थियो । ठगी प्रकरणपछि पौडेल हाम्रो ग्रुप अफ कम्पनीबाट बाहिरिएपछि सोही कम्पनीलाई गितेन्द्रबाबु राई (जीबी) को नेतृत्वमा गोर्खा ग्रुप अफ कम्पनी बनाइएको थियो ।
पौडेल आफूलाई अहिले राजनीतिक तथा धार्मिक अभियन्ताका रूपमा चिनाउँदै आएका छन् । बिहीबार नै समितिले सहकारी हिनामिना प्रकरणमा मुछिएका अन्य व्यक्तिहरूसँग पनि सोधपुछ गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।
कार्यादेश अनुसार तीन महिनाको समयावधि सकिन लागेको समितिले प्रतिवेदन लेखनको कामलाई पनि निरन्तरता दिएको थापाले बताए । सहकारी बचत रकम दुरुपयोगको छानबिन गर्न गत जेठ १५ गते समिति गठन गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया