राजनीति

जनतालाई सुशासनको अनुभूति दिलाउन वर्तमान सरकार प्रतिबद्ध छ : मन्त्री सिंह

इकागज |
भदौ ९, २०८१ आइतबार १५:१८ बजे

फाइल तस्बिर

काठमाडौँ- उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई सुशासनको अनुभूति दिलाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सिंहले मुलुकमा सुशासन कायम गरि आर्थिक वृद्धितर्फ अघि बढाउन ठूला दलसहितको सरकार बनेको भन्दै जनतालाई सुशासनको अनुभूति दिलाउन वर्तमान सरकार प्रतिबद्ध​ रहेको बताएका हुन् ।


उनले कांग्रेस–एमालेबीच भएको सहमति अनुसार नै सरकार अघि बढ्ने जिकिर गरे । उनले अहिलेको अवस्थालाई सुधार गर्न काम अघि बढाइरहेको भन्दै उपभोक्ता अधिकारका लागि पनि बलियो कानुन बनाइने बताए ।

त्यस्तै कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दैनिक उपभोग्य वस्तुको सहज र सरल आपूर्तिका लागि सरकारले पहल गरिरहेपनि व्यापारीहरूले सरकारलाई सहयोग नगरेको गुनासो गरे । उनले बजार अनुगमनलाई प्रभावकारी बनाउनका लागि विद्यमान कानुनलाई पनि बलियो बनाउनुपर्नेमा जोड दिए । मन्त्री भण्डारीले एक महिनाभित्रै उपभोक्ता अदालत गठन हुने जानकारी दिए ।

उनले चाडपर्व नजिकिँदै जाँदा कृत्रिम अभाव हुन नदिने, आन्तरिक उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राख्ने समेत बताए ।


Author

थप समाचार
x