राजनीति

वसन्तनगरमा बन्याे मंगलादेवी ज्येष्ठ नागरिक पार्क

इकागज |
भदौ १०, २०८१ सोमबार १२:१३ बजे

काठमाडौँ - उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्क आज उद्घाटन गरेका छन् । आज  काठमाडौं महानगरपालिका वडा नं ११ वसन्तनगरमा निर्मित  मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्ककाे आज माननीय उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहज्यूले समुद्घाटन गरेका छन् । बागमती प्रदेश सरकारकाे संस्कृति, पर्यटन तथा शहरी विकास मन्त्रालयकाे बजेटमा पार्क निर्माण भएकाे हाे । 

`नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी सिंह नै हो,’  पार्क उद्घाटन समाराेहमा उपप्रधानमन्त्री सिंहले भने, ‘अहिले संविधानमा रहेकाे समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएकाे आन्दोलनकाे उपलब्धि पनि हाे ।´


 नेवारी माैलिक पहिचान झल्काउने फाल्चा, व्यवस्था शाैचालयसहितकाे व्यवस्थित पार्कले बानेश्वर, बुद्दनगर, बबरमहल क्षेत्रका ज्येष्ठ नागरिकलाई घुमफिर गर्न र समय कटाउन सहज हुने प्रदेश सांसद दिपेन्द्र श्रेष्ठले बताए । पार्ककाे सञ्चालन र संरक्षण काठमाडौं महानगरपालिका वडा नं ११ ले गर्ने वडा अध्यक्ष हिरालाल तण्डुकारले जानकारी दिए । 


Author

थप समाचार
x