नेपालको उड्डयन क्षेत्रलाई सुधार गर्नुपर्छ : पर्यटनमन्त्री पाण्डे
काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालको उड्डयन क्षेत्रलाई सुधार गर्नुपर्ने बताएका छन् ।
सोमबार काठमाडौँमा रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति आधा शताब्दी लोकार्पण गर्दै मन्त्री पाण्डेले नेपालको उड्डयन क्षेत्र समस्याग्रस्त रहेको भन्दै यसलाई सुधार गर्नुपर्ने बताएका हुन् । उड्डयन क्षेत्रलाई सुधार गर्न सके पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ छ । उनले पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रमा प्राप्त गर्न सक्ने योगदानमाथि उड्डयन क्षेत्रबाट चुनौती सिर्जना भएको धारणा राखे ।
मन्त्री पाण्डेले आफू पदमा रहेसम्म व्यक्तिगत स्वार्थमा नलागी यस क्षेत्रको सुधारमा लाग्ने प्रतिबद्धता जनाए ।
उनले विभिन्न संस्कृतिहरूको जगेर्ना गर्दै नेपालको संस्कृति विश्वमाझ पुराउन सके मुलुकमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सकिने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया