राजनीति

सरकारले गरेको राजदूत सिफारिसप्रति जसपा नेपालको आपत्ति

इकागज |
भदौ १२, २०८१ बुधबार १६:७ बजे

काठमाडौँ - जसपा नेपालका सांसद राज किशोर यादवले सरकारले गरेको राजदूत सिफारिसप्रति आपत्ति जनाएका छन् ।

प्नतिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै यादवले समानुपातिक समावेशितालाई ख्याल नगरि सरकारले राजदूत सिफारिस गरेको भन्दै आपत्ति जनाएका हुन् ।


उनले संविधानमा रहेको व्यवस्थालाई सरकारले मान्नुपर्छ की पर्दैन भन्दै प्रश्न समेत गरे । पहिलो र दोस्रो दल मिलेर बनेको सरकार अन्तिम विकल्प भएपनि सरकार ट्रंकलाईनमा अल्झिएको उनले बताए ।

 यादवले ठूला कुरा गरेर कुनै काम नगर्न नसक्ने अवस्थामा वर्तमान सरकार देखिएको धारणा राखे । अहिलेको सरकारले भ्रष्टाचारको कुनै फाइल खोल्न नसक्दा जनतामा कुनै आशा नदेखिएको उनको भनाइ छ । ​

उनले भ्रष्टाचार कसुरमा पाँच बर्ष हदम्याद राख्ने प्रस्ताव स्वीकार्य नहुने भन्दै कुनै हदम्याद राख्न नहुने स्पष्ट पारे । टुँडिखेलमा जनताले नेताहरूप्रति गरेको विरोध प्रारम्भिक संकेत भएकाले दलहरू सुध्रनुको विकल्प नरहेको उनले बताए । 


Author

थप समाचार
x