राजनीति

कनिष्ठलाई मुख्यसचिव बनाएपछि सचिव ज्ञवालीको राजीनामा

इकागज |
भदौ १४, २०८१ शुक्रबार १५:५० बजे

काठमाडौँ - राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् ।

आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाएपछि असन्तुष्ट रहेका ज्ञवालीले पदबाट राजीनामा दिएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चौथो वरीयतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो ।


सरकारले सो निर्णय गरे लगत्तै वरिष्ठतामा एक नम्बरमा रहेका सचिव ज्ञवालीले राजीनामा दिएका छन् ।


Author

थप समाचार
x