राजनीति

संसदीय सुनुवाइ समिति

प्रस्तावित राजदूतहरूलाई समितिमा बोलाएर गरी सुनुवाइ गरिने

इकागज |
भदौ १४, २०८१ शुक्रबार १७:४५ बजे

काठमाडौँ- संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरूविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले पाँच जना उजुरीकर्तासँग छलफल गरेको हो । उजुरीकर्तासँगको छलफलपछि अब भदौ १६ देखि २० गतेसम्म प्रस्तावित राजदूतहरूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । प्रस्तावित राजदूतहरूविरुद्ध ९ वटा उजुरी परेकोमा उजुरीकर्ता उज्जलकृष्ण श्रेष्ठ, मुक्तिनाथ आचार्य, उद्धवप्रसाद पौडेल, लक्ष्मीप्रसाद कुईकेल र अर्का एक जनाले आफ्नो उजुरीको औचित्य पुष्टि गरेको उनले बताइन् ।


राजदूतको सुनुवाइ सकिएपछि २४ र २५ गते छलफल गरी निर्णय सुनाइने समितिले जनाएको छ । सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफारिस गरेको थियो । संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।


Author

थप समाचार
x