राजनीति

वैकल्पिक सरकार बन्‍ने अवस्था नदेखिएपछि नयाँ जनादेश आह्वान : पौडेल

इकागज |
असार १२, २०७८ शनिबार १५:३ बजे

काठमाडौँ : गृह तथा अर्थमन्त्री विष्णु पौडेलले  प्रतिनिधि सभाले वैकल्पिक सरकार बनाउन नसक्ने अवस्था आएपछि नयाँ जनादेशमा जान बाध्य भएको बताएका छन् । शनिबार कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै पौडेलले राजनीतिक स्थिरता र देशलाई निकास दिन पनि बाध्य भएर सरकारलाई ताजा जनादेशमा जानु पर्ने बाध्यता सिर्जना भएको बताएका हुन् । 

संविधान निर्माणपछि राजनीतिक मुद्दामा नभई विकास र समृद्धिमा लाग्‍नु पर्ने बेलामा देशमा अनपेक्षित दृश्य देखा परेको जानकारी दिए । पौडेलले अनेकौ समस्याबीच पनि सरकारले निर्वाचनमा व्यक्त गरे अनुसार विकासका कामहरु पूरा गरेको बताए । उनले विकासको अभियानमा सबै एक भएर अघि बढ्नुपर्ने बताए । 


कालीगण्डकी नदीको राम्दी पुलदेखि २ दशमलब ३ किलोमिटर तल रहेको रम्भा गाउँपालिका-३ क्षेत्रबाट २७ किलोमिटर सुरुङ हुँदै पाल्पाको तिनाउ-३ दोभानमा पानी खसाल्ने योजना छ । सुरुङ मार्फत ८२ घनमिटर प्रतिलिटर पानी ल्याएपछि दोभान ड्याम निर्माण गरी ५४ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ भने दोभानबाट ७ किलोमिटर सुरुङहुँदै रुपन्देहीको बुटवल उपमहानगर-१३ बेलबासमा पानी खसाली ७२ मेगावाट विद्युत उत्पादन हुने मन्त्री पौडेलले जानकारी दिए । 


Author

थप समाचार
x