राजनीति

माओवादी केन्द्र खारेजीको निवेदन निर्वाचन आयोगमा

इकागज |
असार २३, २०७८ बुधवार १३:४८ बजे

काठमाडौँ  : नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आज आयोगको कार्यालय पुगेर पूर्वमाओवादी नेता लीलबहादुर थापासहितका नेताहरूले निवेदन माओवादी केन्द्र अवैधानिक भएको भन्दै खारेजीको माग गर्दै निवेदन दिएका हुन् ।  

माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, लिलाबहादुर थापा, रामचन्द्र मण्डल, दधिराम न्यौपानेलगायतले माओवादी केन्द्र खारेजीको माग गरेका हुन् ।  निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेताहरु आयोगको कार्यालय आएको इकागजलाई जानकारी दिए । 


अहिले एमाले भएका पूर्वमाओवादीका नेताहरुले माओवादी केन्द्र असंवैधानिक रुपमा चलेको भन्दै आयोगमा निवेदन दिन लागेको बताएका छन् । उनीहरुले माओवादी केन्द्र अवैधानिक भएकाले आफूहरुलाई गरेको कारबाहीको कुनै अर्थ नभएको पनि बताएका छन् ।  ‘


Author

थप समाचार
x