भूकम्पपछिको पुनर्निर्माणका लागि तीन जिल्लामा आयोजना कार्यान्वयन ईकाइ खुल्दै

काठमाडौं - गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आकलन, पुर्ननिर्माण र पुर्नस्थापनालाई तीव्रता दिइएको बताएका छन् ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षमा बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औं बैठकले जाजरकोट, डोटी र बझाङमा भूकम्पपछिको क्षतिको आँकलन, पुर्ननिर्माण र पुर्नस्थापनालाई सरकारले तीव्र रूपमा अघि बढाएको जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीहरुसित बोल्दै गृहमन्त्री लेखकले भूकम्पपछिको पुनर्निर्माण एवं पुर्नस्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी गरिएको जानकारी दिए ।
गृहमन्त्री लेखक आगामी फागुन २३ गते बझाङ, २४ गते अछाम र २५ गते जाजरकोट पुगेर पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने गृह मन्त्रालयले जनाएको छ । जाजरकोटमा गत २०८० कार्तिक, बझाङमा २०८० असोज र डोटीमा २०७९ कार्तिकमा केन्द्रबिन्दु भएर भूकम्प भएको थियो ।
“हामीले बितेको ६ महिनामा विस्तृत क्षति आँकलन र नीजि घरहरूको पुर्ननिर्माण एवं पुर्नस्थापन गर्न लागि आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापन भएको छ ।” गृहमन्त्री लेखकले भने, “ अब जाजरकोट, बझाङ र डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरूमा भएको क्षति आकलन गर्ने काम अगाडी बढ्नुका साथै पुनर्निर्माण र पुर्नस्थापनको काम अगाडी बढाउँछौं ।”
गतवर्ष जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पपछिको पुननिर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने गरी कार्य योजना ल्याएको छ । “पहिलो भूकम्प भएको दुई र पछिल्लो भूकम्प भएको एक वर्ष बितिसक्दा पनि क्षति आकलन गर्ने र पुनर्निर्माण एवं पुर्न स्थापना अगाडी बढ्ने सकेको स्थिति थिएन” उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया