राजनीति

नकारात्मकताको प्रचारबाट समृद्ध समाज निर्माण हुन सक्दैन - मन्त्री दाहाल

इकागज |
फागुन १५, २०८१ बिहीबार १८:४७ बजे

फाइल फाेटाे

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नकारात्मकताको प्रचारबाट समृद्ध समाज निर्माण हुन नसक्ने बताएका छन् । 

सगरमाथा प्रतिष्ठान नेपालको २४ औ वार्षिक उत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री दाहालले सकारात्मक र समृद्ध समाजको निर्माणका लागि सकारात्मक सन्देश र विचार सम्प्रेषित तथा प्रचार हुनुपर्ने समेत बताए । 


समाजवाद स्थापनाका लागि लोककल्याणकारी राज्य निर्माण हुनु पर्ने भन्दै उनले संविधानले नै व्यवस्था गरेको समाजवादबाट कोही पनि भ्रममा पर्न नहुने धारणा राखे । मन्त्री दाहालले अशिक्षा, गरिबी र अभावले देश पछि परेको भन्दै सबै कुराको अभाव हट्न सके देश समृद्ध हुन सक्ने धारणा राखे । उनले देशमा भएका प्राकृतिक स्रोत र साधनको अधिकतम प्रयोगबाट देशलाई माथि उठाउन सकिने बताए । 

कार्यक्रममा शिक्षा, संगीत, स्वास्थ्य, दर्शन, पर्यटन, कृषि लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनेहरूलाई सम्मान गरिएको थियो । 


Author

थप समाचार
x