राजनीति

संवैधानिक इजलास सुरु

इकागज |
असार २८, २०७८ सोमबार १३:१३ बजे

काठमाडौँ  :  सर्वाेच्च अदालतमा संवैधानिक इजलास सुरु भएको छ ।  प्रतिनिधि सभा विघटन र प्रधानमन्त्री नियुक्तीको मुद्दामा  आज सोमबार फैसला आउने भएको छ । न्यायाधीशहरु प्रधानन्यायाधीशको चेम्बरमा छलफल गरेर फर्किएपछि इजलास सुरु भएको हो ।  

प्रतिनिधि सभा विघटनविरुद्धको रिटको सुनुवाइ असार २८ गते तोकिएको थियो ।  गत असार २१ मा विघटनविरुद्ध परेका रिटमाथिको बहस सकिएको थियो। सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा, न्यायाधीशहरू दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई थिए । 


एमिकस क्युरीको राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा हेर्दाहेर्दैमा राखेर असार २८ गतेका लागि पेशी तोकेका थिए । गत जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।  ७६९(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गरे पनि दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गरिएको थिएन । 

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका थिए । शेरबहादुर देउवा १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका थिए। देउवालाई एमालेकै २३ सांसदले पनि साथ दिएका थिए ।  


Author

थप समाचार
x